एशियन लाइफले ६० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज, चुक्ता पूँजी २ अर्ब नाघ्ने

Feb 22, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले हकप्रद निष्काशन गर्न शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने मिति निर्धारण गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको ६० प्रतिशत हकप्रद प्रयोजनको लागि फागुन २२ गते बुक क्लोज गर्ने जनाएको हो ।

यसअनुसार फागुन २१ गते मंगलबारसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।