कार्तिक १७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त लाभांश अनुमोदन गर्नेछ।
त्यसअघि ३६ प्रतिशत बोनस प्रस्तावत गरेकोमा बीमा समितिबाट संसोधन गर्न निर्देशन भएअनुसार एलआईसीले परिमार्जन गरेर घटाएको थियो । गत साउन २४ गते सम्पन्न सञ्चालक समितिको ९४ औं बैठकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ। १२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी एक अर्ब ४९ करोड ४७ लाख नाघ्नेछ।
यस्तै सभाले इन्स्योरेन्सको पूँजी वृद्धि सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने, र नियामक निकायबाट प्राप्त हुने निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका रहेका छन्।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन २० गते शिबरात्री परेकाले फागुन १९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई लाभांस घटाउनु पर्ने के आयो आपत ?