बीमालेख धितोमा २५ अर्ब ६१ करोड कर्जा प्रवाह, नेपाल लाइफको मात्रै १० अर्ब

Feb 24, 2019 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा २५ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरु मध्ये १३ कम्पनीहरुले सो रकम बराबरको कर्जा प्रवाह गरेका हुन्।

यस अवधिमा सञ्चालनमा आएका नयाँ जीबन बीमा कम्पनीहरु प्रभु, रिलायवल, रिलायन्स, सानिमा, ज्योति र महाल्क्ष्मी लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा कर्जा प्रवाह गरेका छैनन् ।

पुस मसान्तसम्मा सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब १० करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। एलआइसी नेपालले ७ अर्ब ८५ करोड, नेशनल लाइफले ३ अर्ब १ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३२ करोड र एशियन लाइफले १ अर्ब ६ करोड रुपैयाँ ऋण परिचालन गरेको छ।

यस्तै मेट लाइफले ८७ करोड, प्राइम लाइफले ७० करोड, सूर्या लाइफले ३० करोड र गुराँस लाइफले २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत वर्ष देखि व्यवसायिक कारोबार थालेका युनियन लाइफले ७ करोड ८१ लाख, आइएमई लाइफले १ करोड ३५ लाख, सन् नेपाल लाइफले १ करोड १२ लाख रुपैयाँ र सिटिजन लाइफले ५७ लाख रुपैयाँ ऋण प्रवाह गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ।

बीमालेख धितोबाट १ अर्ब ५ करोड आम्दानी

जीवन बीमा कम्पनीहरुले बीमालेख धितोबाट एक अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेका छन्। यसमा नेपाल लाइफको सबैभन्दा धेरै ४९ करोड ९४ लाख रुपैयाँ योगदान छ। यस्तै एलआइसी नेपालले ३७ करोड ९२ लाख रुपैयाँ कमाएको छ।

सबैभन्दा कम सिटिजन लाइफले १ लाख ४० हजार रुपैयाँ बीमालेख धितोबाट आम्दानी गरेको छ।
यस अवधिमा एक करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको सन् नेपाल लाइफले भने हाल सम्म बीमालेख धितोबाट आम्दनी नभएको वित्तीय विवरणमा उल्लेख गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।