आईएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि लिलामीमा हकप्रद बेच्ने

Feb 25, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) को हकप्रदमा अवितरीत शेयर फागुन २२ गतेदेखि लिलामी बिक्रीमा ल्याउने भएको छ। इन्स्योरेन्सले हकप्रदमा अवितरित एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो। जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको हो ।

कम्पनीले रितपुर्वक आवेदन गर्ने २ हजार ८४२ जना शेयरधनीहरुलार्य ४२ लाख १७ हजार ६३६ कित्ता शेयर बाडँफाँड गरिएको थियो ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा फागनु १२ गते आइतबार प्रतिकित्ता ४१० रूपैयाँमा कारोबार भएको छ। लिलामी शेयरमा ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्नेछन्।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ। हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ पूँजी वृद्धि गर्नेपर्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।