एनआईसी एशियाको ऋणपत्र सोमबार बन्द हुँदै, वार्षिक १०% व्याज पाइने

Feb 25, 2019 Merolagani

एनआईसी एशिया बैंक (NIC) ले निष्काशन गरेको ४ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने फागनु १३ गते सोमबार अन्तिम दिन रहेको छ। १० वर्ष अवधिको उक्त्त ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

बैंकले गत माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ‘१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६’ नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त गरेर जारी गरेको हो। १० वर्ष अवधिको ऋणपत्र आर्थिक वर्ष २०८५/८६ मा परिपक्क हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सि आश्वा सदस्यताको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन गर्ने सुविधा छ।

निष्काशित (४० लाख कित्ता) ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी गरिएको हो ।

ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था छ । सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ ।

सर्वसाधारणतर्फ निष्काशित १६ लाख ऋणपत्रमा एक हजार बढी आवेदन मार्फत एक लाख १५ हजार कित्ताका लागि मात्र आवेदन परेको छ। 

बैंकले निष्काशन गरेकाे ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले पुस २० गते लो क्रेडिट रिक्स जनाउने ’केयर एनपि ए’ ग्रेडिङ्ग प्रदान गरेको छ। उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीमा तथा शाखा विस्तार तथा अन्य काममा २०–२० करोड गरी  ४० करोड रुपैयाँ उपयोग गरिने उल्लेख छ।

ऋणपत्रमा १० प्रतिशत व्याज प्रस्ताव गरिएकाले यो ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको विश्वास छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।