सेन्ट्रल फाइनान्सले लाभांश बाँड्न डाक्यो साधारण सभा, फागुन २३ गते बुकक्लोज

Feb 25, 2019 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले आगामी चैत ५ गते फाइनान्सको २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले ७ प्रतिशत नगद लाभांश मुख्य एजेण्डा सहित सभा डाकेको हो ।

नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाइएको सभाले फाइनान्सको पुस २७ गते शुक्रबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले गत वर्षको मुनाफाबाट लागनीकर्तालाई प्रस्ताव गरेको ७ प्रतिशत (५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

यसैगरि आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पनि सभामा छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार फागुन २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा२ करोड ८२ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८६ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।