नाडेप लघुवित्तको प्रतिशेयर आम्दानीमा उच्च गिरावट, खराब कर्जा पनि बढ्यो

Feb 25, 2019 Merolagani

नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा एक करोड ६३ लाख अर्थात् ५३.४४ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

यस्तै लघुवित्तको प्रतिशेयर आम्दानीमा ३६ रुपैयाँ ८९ पैसाको गिरावट देखिएको छ । गत वर्ष ५४ रुपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ रुपैयाँ ८४ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

चुक्ता पूँजी बढाएको कम्पनीको खुद नाफा घट्दा प्रतिशेयर आम्दानीमा उच्च गिरावट देखिएको हो । यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर ११ करोड २० लाख रुपैयाँबाट १६ करोड पुर्याएको छ भने जगेडा कोषमा २३.३८ प्रतिशतले सुधार गर्दै १९ करोड ८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

लघुवित्तले निक्षेप संकलन ३२.४१ प्रतिशतले बढाएर ७३ करोड १४ लाखबाट ९६ करोड ८५ लाख पुर्याएको छ । कर्जा परिचालन ४१.७० प्रतिशतले बढाएर ३ अर्ब २८ करोड ७४ लाख रुपैयाँ गरेको छ । यसका लागि लघुवित्तले २ अर्ब ६ करोड ९५ लाख सापटी लिएको छ ।

यस अवधिमा लघुवित्तले २७ करोड ८९ लाख ब्याज आम्दानी र १५ करोड ९२ लाख ब्याज खर्च गरी ११ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ८५ लाख २६ हजार अर्थात् ७.६७ प्रतिशले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ११ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कर्मचारी खर्च ८.६० प्रतिशतले बढेर ७ करोड १० लाख बाट ७ करोड ७१ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ५२.३२ प्रतिशतले बढेर एक करोड ५३ लाखबाट २ करोड ३४ लाख पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात १.९६ बाट बढेर ४.३४ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ४४.८४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।