गल्ति नदोर्याउन नबिल बैंकलाई नेप्सेको चेतावनी

Feb 26, 2019 Merolagani

नेप्सेले नबिल बैंकलाई गल्ति नदोर्याउन सचेत गरेको छ । नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै फागुन २२ गते शुक्रबार बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।

तर बैंकले पेश गरेको स्पष्टीकरण संतोषजनक नदेखिएपछि नप्सेले गल्ति नदोर्याउन सचेत गरेको हो । सूचिकरण सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन ढिलो जानकारी गराएको भन्दै नेप्सेले जवाफ माग गरेको थियो ।

नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ । नबिल बैंकले सो जानकारी नेप्सेमा ढिलोगरी जानकारी गराएको थियो ।

नेप्सेले सूचिकरण विनियमावली पूर्ण पालन गर्दै आम लगानीकर्ताले पाउनु पर्ने सूचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त दुरुस्त कायम राख्न निर्देशन दिएको छ । अव उप्रान्त नियम तथा विनियम तथा प्रचलिल कानूनमा व्यवस्थाहरु तोकिए बमोजिम गर्न र यस्ता गल्ति नदोर्याउन सचेत गराएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।