युनिभर्सल पावरको आईपिओ १० बजे बाँडफाँड हुँदै

Feb 27, 2019 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) ले निष्काशन गरेको साधारण शेयर बाँडफाँडको तयारी गरिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागनु १५ गते बुधबार (आज) १० बजे बाँडफाँड गर्न लागेकाे जनाएकाे छ।  

युनिभर्सल पावरको आईपिओमा आवेदनमा प्राप्त तथ्याङ्क अनुसार आईपिओमा धेरै आवेदकले माग अनुसार नै शेयर प्राप्त गर्ने अवस्था छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार हाइड्रोपावरको आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको छ। 

युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म ८६ करोड ७४ लाख ४९ हजार २०० रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई निष्काशित शेयर पुगेसम्म १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ । यसअनुसार एक लाख ५ हजार १५९ जना आवेदकलाई औसतमा न्यूनतम ८८ कित्ता बाँडफाँड गर्न पुग्ने देखिन्छ।

आईपिओको धेरै आवेदकले ५० कित्ता मात्र शेयर माग गरेका छन् । यसअनुसार एक सय कित्तासम्म शेयर माग गर्नेले माग अनुसार नै र एक सय कित्ता भन्दा बढी माग गर्नेलाइ बाँकी शेयरबाट थप शेयर पाउनेछन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको थियो।

इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग पाएको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ।

हाल एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ बिक्री प्रश्चात दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ पुग्नेछ। यससँगै संस्थापक साधारण शेयर अनुपात ५४स्४६ कायम हुनेछ।

कम्पनीको आगामी आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ५३ लाख र आव २०७७/७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।