बैंकको शाखा कार्यालयमा स्वंय उपस्थित हुनपर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै बैंकले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट ग्राहकहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।
यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक वेवसाईट डब्लु डब्लु डट एनआईसी एशिया बैंक डट कममा लगईन गरि अपडेट केवाईसी अनलाईन पोर्टलमा आफ्नो खाता नम्बर, मोबाईल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नुहुनेछ।
ग्राहक महानुभावहरुलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याईएको जनाएको छ । बैंकले २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक जनाएको छ।
बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४९ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल एनआईसी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्त गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुँदै आएको छ।