रिलायन्स लाइफ इन्स्योरेन्सको ६ शाखा विस्तार

Feb 27, 2019 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले व्यवसाय विस्तार गर्दै जाने क्रमममा हालै इटहरी, विराटनगर, धरान, दमक इलाम, र बिर्तामोड गरी ६ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको छ ।

कम्पनीका सञ्चालक भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीस विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय अमन लाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख श्रीमती सरस्वती पोखरेलले उद्घाटन गरेका थिए । 

समुद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत श्री निराजन कँडेल उपस्थित थिए ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा दमक शाखाको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले गरेका हुन् ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा इलाम शाखाको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले गरेका थिए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।