युनिभर्सल पावरको आईपिओ बाँडफाँड, एक हजार ३०० कित्तासम्म आवेदन गर्नेलाई मागेअनुसार

Feb 27, 2019 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) ले निष्काशन गरेको साधारण शेयर फागनु १५ गते बुधबार (आज) बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपिओमा आवेदन गरेका एक हजार ३०० कित्तासम्म माग गर्नेले माग अनुसारको नै शेयर प्राप्त गरेको जनाएको छ।

यसैगरि एक हजार ५०० कित्तादेखि दश हजार कित्तासम्म माग गर्ने सबैले समानुपातिक रुपमा एक हजार ३५० कित्ता शेयर बाँडफाँड गरिएको छ।

हाइड्रोपावरको आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको थियो। जसमध्ये ४० आवेदनबाट परेको ३ हजार १६० कित्ता शेयर रद्ध भएको छ। बाँकी रहेको एक लाख पाँच हजार ११९ आवेदकबाट परेको ९२ लाख ४२ हजार १३० कित्ता सदर भएको थियो।

युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । कर्मचारीलाई छुट्टाएको एक लाख ८६ हजार ५४८ कित्तामध्ये ३ हजार ४५० कित्ता मात्र कर्मचारीले खरिद गरेपश्चात बाँकी रहेको एक लाख ८३ हजार ९८ कित्ता समेत सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

कम्पनीले यसअघि ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ निष्काशन गरेकोमा कर्मचारीले नबिनेको एक लाख ८३ हजार ९८ कित्ता गरि कूल ८८ लाख ५७ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

इक्रा नेपालबाट ‘ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको यस कम्पनीकाे आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था रहेपनि अधिकतम १०हजार कित्तासम्मको लागि मात्र आवेदन परेको थियो ।

युनिभर्सल पावरले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ।

हाल एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ बिक्री प्रश्चात दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ पुग्नेछ। यससँगै संस्थापक साधारण शेयर अनुपात ५४:४६ कायम हुनेछ।

कम्पनीको आगामी आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ५३ लाख र आव २०७७/७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।