युनिलिभरको नाफा ११० प्रतिशतले बढ्यो,प्रतिशेयर आम्दानी कति ?

Feb 27, 2019 Merolagani

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य रहेको युनिलिभर नेपाल (UNL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३२ करोड ७ लाख खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत बर्षको यसै अवधिको तुलनामा १६ करोड ७७ लाख रुपैयाँ अर्थात १०९.६० प्रतिशतले बढी हो ।

गत बर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ३० लाख नाफा कमाएको थियो । प्रतिकित्ता १९ हजार ६२१ रुपैयाँ शेयरमूल्य रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३४८ रुपैयाँ पुगेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६६ रुपैयाँ थियो ।

कम्पनीले यस अवधि समममा एक अर्ब २४ करोड २३ लाख रुपैयाँ बराबरको उत्पादन बिक्री गरेको छ भने १४ करोड ६३ लाख रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको छ । कम्पनीले उत्पादन बिक्रीबाट गत वर्षको यहि अवधिमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले यस अवधिमा विज्ञापनमा २ करोड ६८ लाख रुपैयाँ खर्च घटाएको छ । गत बर्ष यसै अवधिमा २७ करोड ३० लाख खर्च गरेको कम्पनीले यसबर्ष २३ करोड ६२ लाख रुपैयाँ विज्ञापनमा खर्च गरेको छ ।

९ करोड २१ लाख रुपैयाँ मात्र चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ संचित गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ र मुल्य आम्दानी अनुपात १७.९६ गुणा बढी छ ।

मकवानपुरको बसामाडीमा कारखाना स्थापना गरेको कम्पनीले साबुन, सर्फ, दन्त मन्जन लगायतका सौन्द्रर्य प्रशाधनहरु उत्पादन तथा बिक्री विथतरण गर्दै आईरहेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।