मञ्जुश्री फाइनान्सको सूचीकरण फुकुवा, लगानीकर्ता झुक्याउने कम्पनीलाई भएन कारबाही

Feb 27, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले मञ्जुश्री फाइनान्स (MFIL) को धितोपत्र सूचीकरण स्थगनको ७५ दिनपछि फुकुवा गरेको छ। धितोपत्र बोर्डको निर्देशन अनुसार फाइनान्सलाई सामान्य चेतावनी दिएर सूचिकरण स्थगन फुकुवा गरिदिएको हो।

नेप्सेले बुधबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डबाट प्राप्त पत्र र सोही आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी लामो समयदेखि स्थगित कम्पनीको सूचीकरण फुकुवा गरिएको जनाएको छ ।

धितोपत्र बोर्डले फागुन १० गते नेप्सेलाई मञ्जुश्रीको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरिदिन पत्र काटेको थियो। सोही पत्र र मञ्जुश्रीले फागुन १३ गते नेप्सेलाई लेखेको पत्रका आधारमा कुनै कारबाही विनानै नेप्सेले सूचीकरण फुकुवा गरेको हो ।

मञ्जुश्रीले शेयर मूल्य प्रभावित गर्नेगरी लाभांश सम्बन्धी सूचनामा खेलेको भन्दै गत मंसिर २६ गते नेप्सेले यसको सूचीकरण स्थगन गरिदिएको थियो ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । तर यो लाभांश राष्टबैंकबाट अस्वीकृत भएपछि लाभांश दर २.९ प्रतिशतमा झारेको थियो ।  

नेप्सेले आम लगानीकर्ताले लाभांश सम्बन्धी सूचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त दुरुस्त कायम राख्नका लागि अझ बढी प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।