पाँचथर पावरको आईपिओमा १.३० गुणा बढी पर्यो आवेदन, शुक्रबार अन्तिम दिन

Feb 28, 2019 Merolagani

पाँचथर पावर कम्पनीले निष्काशन गरेको आईपिओमा फागुन १५ गते बुधबारसम्ममा २१ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीको आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन भएपनि सरकारले सार्वजनिक विदा दिएका कारण शुक्रबारसम्म आईपिओ खुला हुनेछ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझसम्ममा आईपिओमा १.३९० गुणा बढी आवेदन परिसकेको छ । बिहीबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो ।

निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् । 

कम्पनीको शेयरमा छिटोमा फागुन १७ गते शुक्रबार बन्द हुनेछ । पाँचथर पावरले फागुन १३ गते देखि आइपिओ खुला गरेको हो ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

कम्पनीको आईपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको थियो। सो शेयर समेत थपेर कम्पनीले अहिले सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ। आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७/७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।