पाँचथर पावरको आईपिओ भर्ने शुक्रबार अन्तिम दिन

Mar 01, 2019 Merolagani

पाँचथर पावर कम्पनी (PPCL) ले निष्काशन गरेको २१ करोड १० लाख रुपैयाँ बराबरको आईपिओमा आवेदन गर्ने फागुन १७ गते शुक्रबार (आज) अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन्।

कम्पनीले फागुन १३ गते देखि कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझसम्ममा आईपिओमा १.३९ गुणा बढी आवेदन परिसकेको छ । बिहीबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।

निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन।

कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ। कम्पनीको आईपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको थियो। सो शेयर समेत थपेर कम्पनीले अहिले सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ। आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७।८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।