चौतारी लघुवित्तको फागुन २९ गतेदेखि बुकक्लोज, मर्जर प्राप्ती मुख्य एजेण्डा

Mar 01, 2019 Merolagani

चौतारी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन २९ गते देखि चैत्र १६ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको कम्पनीको साधारण सभामा मर्जर तथा प्राप्ती मुख्य एजेण्डा रहेको छ।

यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन्। लघुवित्तले चैत १६ गते बिहान ११ बजे, आप्रपाली कटेज एण्ड रेष्टुरन्ट, सुख्खानगर बुटवलमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभामा मर्जर वा एक्वीजिशनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने विशेष प्रस्ताव छ। लघुवित्तले उपयुक्त संस्थाको पहिचान गरि मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव पनि तेस्रो साधारण सभामा छ।

लघुवित्त सञ्चालक समितिको फागुन ८ गते बसेको ६९ औं बैंठकले लघुवित्तको तेस्रो वार्षिक साधारण सभाको विशेष प्रस्तावहरूमा उपयुक्त अन्य लघुवित्त संस्थाहरुसंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती/समाहित हुने मुख्य एजेण्डा रहेको छ ।

जसका प्रयोजनको लागि उपयुक्त संस्थाको पहिचान गरि मर्जर रएक्वीजिशनमा जान राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिने, सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत अन्य आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।

यसैगरि यस्तै हाल कायम रहेको १५ जिल्ला कार्य क्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समेत तयारी गरेको छ । साधारण सभाबाट हाल रित्त रहेको २ जना सचालक को मनोनयन समेत गर्नेछ।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत तोक्ने तयारी गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।