युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद पारित, बीमा समितिले ताेकेकाे पूँजी कायम हुने

Mar 03, 2019 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) को विशेष साधारण सभाले २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता हकप्रद जारी गर्ने पारित गरेको छ। कम्पनीले बीमा समितिले तोकेको पूँजी कायम गर्न भारी मात्रमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।यससँगै कम्पनीकाे चुक्त्ता पूँजी बीमा समितिले ताेके बमाेजिम कायम हुने भएकाे छ।

कम्पनीको फागुन १६ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सञ्चालक समितिको ३२३ औं बैठकले ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजीको २४० प्रतिशत बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न मार्गप्रशस्त गरेको हो । 

साथै कम्पनीको अधिकृत पूँजी दुई अर्ब तथा जारी पूँजी र चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ कायम गर्नेगरि कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रदको बाटो रोजेको थियो ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।