नेपाल लाइफले एक अर्ब नाैं करोड रूपैयाँ बोनस बाँड्ने, नगद कति ?

Mar 03, 2019 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले  शेयरधनीलाई एक अर्ब नौं करोड ९२ हजार लाख ३२ हजार ३२१ रूपैयाँ बराबरको एक करोड नौं लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता बोनस शेयर र कर प्रयोजन सहित एक अर्ब तीन करोड ३२ लाख ८७ हजार २३२ रुपैयाँ २८ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको फागुन १७ गते बसेको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँकाे ४८.५ प्रतिशत शेयर लाभांश तथा  २३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

हाल चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुृक्तापूँजी रहेकोे कम्पनीको २५ प्रतिशत (एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १३२ रुपैयाँ) बोनस पूँजीकरण पश्चात पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

नेपाल लाइफले आर्थिक वर्ष २०७३/७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ भने २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।