नाडेप लघुवित्तको शेयर हकप्रद लिलामीमा किन्ने सोचमा हुनुहुन्छ? यहाँबाट भर्नुहोस् बोलपत्र

Mar 03, 2019 Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) को फागुन १९ गते आइतबारदेखि सर्वसाधारण समूहको ६१ हजार २३६ कित्ता शेयरमा बोलपत्र आह्वान गरिएको छ। कम्पनीको शेयर लिलामीमा किन्न चाहने आवेदकले फागुन २८ गते अपराह्न ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ।

लिलामी शेयर खरिद गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल, लगायत नबिल बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्थाको विराटनगर, पोखरा र बुटबल शाखाबाट पनि लिलामी भर्न पाउने सुविधा छ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा बोलकबोलमा सहभागी हुनुपर्नेछ। न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरि लिलामी सबै कित्ता माग गर्न सकिनेछ ।

नाडेपले गत मंसिर २३ देखि पुस २९ गतेसम्म चुक्ता पूँजी बराबरको १६ लाख कित्ता शतप्रतिशत हकप्रद बिक्री गरेको थियो । सो चरणमा अवितरित शेयर हाल कम्पनीले लिलामी मार्फत बिक्री गर्न चाहेको हो । सो बेला १५ लाख ३८ हजार ७६४ कित्ताका मात्र बिक्री भएको थियो ।

नाडेपको शेयरमूल्य फागुन १९ गते आइतबार प्रतिकित्ता ६७२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ। कम्पनीले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस शेयर प्रस्ताव समेत गरेको छ।

बोनस वितरण र हकप्रद पूँजीकरण पश्चात नाडेपको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।