कामना सेवाको भिसा कार्ड सेवा शुभारम्भ, भारत र भुटानमा पनि चल्ने

Mar 03, 2019 Merolagani

कामना सेवा विकास बैंक लिमिटेड(KSBBL) ले आफ्नो सेवा विस्तारको क्रममा भिसा डेबिट कार्ड सुविधाको शुभारम्भ गरेको छ । बैंकले काठमाडौं महानगरपालिकाको वडा नं ३० स्थित आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा फागुन १७ गतेबाट यो सेवा शुभारम्भ गरेको हो ।

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भिसा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने जानकारी दिए ।

साथै, भिसा कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिग, मोबाइल बैंकिग, सि( आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।