Wed, Mar 27, 2024
एनएमबि बैंक (NMB) ले फागुन ३० गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ। दश वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ ।
बैंकले कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । ’एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिनेछ । ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ प्राप्त गरेको छ। बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ। बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन्। निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गए पछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ। एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट बैंकले फागुन १४ गते दोस्रो पटक निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको थियो। ऋणपत्र के हो ? यस्ता छन् ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई हुने फाइदा ऋणपत्रकाे यस्ता हुन्छन् महत्व
बैंकले कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।
’एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन्।
ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिनेछ । ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ प्राप्त गरेको छ। बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ।
बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन्। निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गए पछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ।
एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट बैंकले फागुन १४ गते दोस्रो पटक निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको थियो।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।