बैंकको साधारण सभाले संस्थापक समूहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्पm ४५ प्रतिशत कायम हुने गरी शेयर संरचना परिवर्तन गरेको छ ।
यसअघि बैंकमा६१.३१ प्रतिशत संस्थापक तथा ३८.६९ प्रतिशत सर्वसाधारण समूहको शेयर संरचना कायम थियो। यसका लागि बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
यसैगरि बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको आ.व. २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९०० रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालय सहित देशभर फैलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।