एलआईसी नेपालको बोनस पश्चात शेयरमूल्य समायोजन

Mar 05, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन भएको हाे।

नेप्सेले एलआईसी (LICN) को १२ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता एक हजार ४३२ रुपैयाँ १४ पैसामा समायोजित मूल्य निर्धारण गरेको छ । कम्पनीको औसत आधारमूल्य दुई हजार १०३ रुपैयाँ ५७ पैसा छ । 

एलआईसीको सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणका लागि फागुन २१ गते मंगलबार बुकक्लोज गरेको हो ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझै थप ५१ करोड पूँजी विस्तार आवश्यक देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।