सेन्ट्रल फाइनान्सले लाभांश बुधबारसम्म कायम शेयरधनीले मात्र पाउने, चैत ५ गते एजिएम

Mar 06, 2019 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारसम्म कायम रहने शेयरधनीले मात्र पाउनेछन् ।

फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले आगामी चैत ५ गते आह्वान गरेको २२ औं वार्षिक साधारण सभाको प्रयोजनका लागि फागुन २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउँछन्।

सेन्ट्रल फाइनान्सकाे फागुन २१ गते मंगलबार प्रतिकित्ता ११४ रूपैयाँमा शेयर काराेबार भएकाे छ।

फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा साधारण सभा डाकेको छ। सभाले पुस २७ गते सम्पन्न सञ्चालक समितिको २६८ औं बैठकले गत वर्षको मुनाफाबाट लागनीकर्तालाई प्रस्ताव गरेको ७ प्रतिशत (५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरि आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पनि सभामा छन्।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ८२ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८६ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।