कृषि विकास बैंककाे चैत १५ गते साधारण सभा

Mar 07, 2019 Merolagani

फागुन १५ गतेसम्म कायम शेयरधनीले सहभागिता जनाउन पाउने।
कृषि विकास बैंक (ADBL) ले लाभांश पारित गर्न बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन १ गते सम्पन्न ७३६ औं बैठकले चैत १५ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा सभा आह्वान गरेका छ।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ

लाभांश वितरणका लागि बैंकले फागुन १६ गते बिहीबार बुकक्लोज गरिसकेको छ। यसअनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

यस्तै सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। गत आर्थिक वर्ष २०७४/७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।

यहि नाफाबाट बैंकले शेयरधनीलाई ५१ करोड तीन लाख १२ हजार ९६० रुपैयाँ बराबरको बोनस तथा एक अर्ब २८ करोड दुई लाख ९० हजार नगद लाभांश गरि कूल एक अर्ब ७९ करोड ६ लाख तीन हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। यस्तै सरकारले अग्राधिकार शेयर वापतकाे ६ प्रतिशतले हुन आउने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश लैजानेछ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब एक कराेड ५५ लाख २८ हजार ९६० रूपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंकले एक अर्ब ९ करोड ३७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२.३८ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।