राष्ट्र बैंकले बिहीबार दश अर्ब वित्तीय बजारमा पठाउँदै,अन्तर बैंक ब्याजदर बढ्यो

Mar 07, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले बिहीबार दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउदैछ । केन्द्रीय बैंकले लगानीयोग्य रकमको अभाव भेलिरहेका बैंकहरुको अन्तर बैंक कारोबारको ब्याजदर बढेपछि रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले ७ दिनमा परिपक्क हुने गरी रिपो जारी गरेको हो । जसको विहीबार अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । फागुन ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर न्यूनतम पाँच प्रतिशत तोकिएको छ ।

अन्तर बैंक ब्याजदर बढेर पाँच प्रतिशत नाघेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ तरलता छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।