यस्तै १० कित्ताको लागि आवेदन दिएका ३३ हजार ५६५ आवेदकलाई माग अनुसारको तीन लाख ३५ हजार ६५० कित्ता शेयर बाँडफाँड गरिएको छ भने २० कित्ताको लागि आवेदन गरेका ११ हजार ४८२ जनाले पनि २० कित्ता दरले मागे अनुसार नै २ लाख २९ हजार ६४० कित्ता शेयर प्राप्त गरेका छन् ।
आईपिओमा ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकलाई समानुपातिक रुपमा २० कित्ता शेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता शेयर ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकमध्ये ३३ हजार ५३१ आवेदकलाई थप १० कित्ता बााडफाँड गरिएको हो।
यसरी पाँचथर पावरको आईपिओमा २० कित्तासम्म आवेदन गरेकाले माग अनुसारको नै शेयर प्राप्त गरेका छन् भने ३३ हजार ५३१ आवेदकले अधिकतम ३० कित्ता शेयर प्राप्त गरे। ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका बाँकी ४ हजार ९६ आवेदकले २० कित्ता मात्र शेयर प्राप्त गरेका हुन्।
कम्पनीले फागुन १३ देखि १७ गतेसम्म आयोजना प्रभावितबाट अवितरित ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर कूल १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये सामुहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता र ९ हजार ५९८ कित्ता शेयर कर्मचारीलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ५२ हजार ८४० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।
कम्पनीले कर्मचारीका लागि ३५ हजार ५ कित्ता छुट्याइएको थियो तर कर्मचारीले २५ हजार ४०७ कित्ता शेयर खरिद नगरेपछि सर्वसाधारणमा थपिएको हो ।यसअघि सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो।
पाँचथर पावरको आईपिओमा ८२ हजार ७४१ वटा आवेदबाट ३३ लाख ८१ हजार ८६० कित्ता शेयर माग भएको थियो। जसमध्ये ६७ आवेदनबाट परेको ७ हजार ५४० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
सदर भएकाे ८२ हजार ८७४ आवेदकबाट परेको ३३ लाख ७४ हजार ३२० कित्ताको आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो।