एभरेष्ट बैंकका अध्यक्षले खोले, इन्भेष्टमेन्ट र लक्ष्मी बैंकसंग मर्जर भाडिनुको रहस्य

Mar 08, 2019 Merolagani

नवीन ढुंगाना
मजबुत वाणिज्य बैंक मध्येको एक एभरेष्ट बैंकसंग मर्जरका लागि लक्ष्मी बैंकसंग निकै लामो हल्ला चल्यो । केही मानिसलाई अझै आशा छ कि एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर हुनेछ ।

केही समय देखि सेलाएको दुई बैंक बीचको मर्जर हल्ला र एभरेष्ट बैंकसंग मर्जर अगाडी बढेर पनि रोकिएको नेपाल इन्भेष्टमेन्ट बैंकको भित्री चुरोबारे शुक्रबार एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठ सार्वजनिक रुपमा मुख खोलेका छन् ।

पञ्जाब नेशनल बैंकका कार्यकारी प्रमुख र पत्रकार बीचको भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो बैंकसंग मर्जर गर्न तम्सीएर पनि रोकिएका दुई बैंकसंगको भित्रि चुरो यसरीे खोले ।

लक्ष्मी बैंकसंगको मर्जरः आफै हात बढाए आफै भागे

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठका अनुसार एभरेष्ट र लक्ष्मी बैंकको मर्जर प्रस्ताव आफूले नभई लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले गरेको बताए । श्रेष्ठका अनुसार मर्जर प्रस्ताब लिएर खेतान पहिले आएका थिए ।

पञ्जाब नेशनल बैंकको स्वामित्व रहेको एभरेष्टसंग मर्जर गर्ने हो भने स्वतन्त्र निकायबाट बैंकको सम्पत्ती तथा दायित्व मूल्यांकन गर्ने प्रस्ताव श्रेष्ठले खेतान समक्ष राखेका थिए । खेतानको सहमति पछि भारतीय एउटा कम्पनीले एभरेष्ट र लक्ष्मी बैंकको डिडिए गरेको थियो ।

उक्त रिपोर्टमा एभरेष्ट बैंकको एक शेयर बराबर लक्ष्मी बैंकको दुई दशमलब सात पाँच शेयर हुने रिपोर्ट आएको थियो । उक्त रिपोर्ट पछि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठले खेतानसंग बैठक डाकेका थिए तर खेतान बैठकमा आएनन्, कर्मचारी पठाए ।

आफूले बोलाएको बैठकमा खेतान नआएकोमा अचम्म मान्दै श्रेष्ठले खेतानका कर्मचारीसंग तपाईहरुको कुरा के हो भन्ने प्रश्न गरेका थिए । खेतानले पठाएका कर्मचारीले एभरेष्ट बैंक र लक्ष्मी बैंकको शेयर भ्यालुमा बिचार गरिदिन श्रेष्ठलाई आग्रह गरेका थिए ।

श्रेष्ठका अनुसार उनीहरुले एभरेष्ट बैंकको एक शेयर अन्र्तगत लक्ष्मीको दुई शेयरसम्ममा मर्जर गर्ने वातावरणका लागि आग्रह गरेका थिए । तर श्रेष्ठले स्वतन्त्र संस्थाले गरेको अध्ययन भन्दा एक अकं पनि तल झरेर एभरेष्ट कसैसंग मर्जरको पक्षमा नरहे जवाफ दिएका थिए । त्यस पछि दुवैबीचको सम्बाद सकिएको श्रेष्ठले खुलाए । 

पाँडेले हात बढाए, आफन्त कर्मचारीको दबाब झेल्न सकेनन्

शुक्रबार बि.के श्रेष्ठले लक्ष्मी बैंकसंगको मर्जरबारेको भित्री कुरो संगै आफ्नो बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर काहानी पनि सञ्चारकर्मीका सामु फुकाए । समय नबताए पनि श्रेष्ठका अनुसार एभरेष्टसंग मर्जरका लागि नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले एक दिन उनलाई फोन गरेका थिए ।

निरन्तरको सम्बाद पछि दुबै बैकको माथिल्लो तहमा मर्जरबारे धेरै कुरा अगाडि बढेको पनि श्रेष्ठले बताए । तर केही समय पछि एका एक नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले आफू मर्जरमा जान नसकिने अवस्था पैदा भएको गुनासो श्रेष्ठसंग गरे ।

राम्रा दुबै बैंकको मर्जरका लागि आफू सकारात्मक बनेको अवस्थामा पाँडेले कर्मचारीको अबरोध बाहाना बनाएर पछाडि हटेको श्रेष्ठले बताए । उनका अनुसार एभरेष्टसंग मर्जरमा नजान इन्भेष्टमेन्टका कर्मचारीले हातमा कालो पट्टी बाँधेर अबरोध गरेको गुनासो पाँडेले श्रेष्ठसंग गरेका थिए ।

श्रेष्ठले आफ्नो बैंक निकै व्यवसायीक रहेको भन्दै उच्च व्यववस्थापनको नातेदार कोही पनि कर्मचारी नभएको दाबी गरे तर इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनकै आफन्त बैंकमा कर्मचारी रहेकाले त्यती बेलाको मर्जर प्रभावित भएको उनले बताए । तर अझै पनि एभरेष्ट बैंक मोलतोल नगरी नियमसंगत ढंगबाट उपयुक्त बैंकसंग मर्जरका लागि तयार रहेको श्रेष्ठले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।