आशा लघुवित्तकाे शेयर र सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कतिमा खुल्ला कारोबार ?

Mar 10, 2019 Merolagani

आशा लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बराबरको शेयर र सानिमा बैंकले यसअघि निष्काशन गरेको ऋणपत्र फागुन २६ गते आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराएका छन्।आशाले आईपिओ जारी पश्चात कायम चुक्ता पूँजी बराबरको २० लाख ७४ हजार कित्ता शेयर र सानिमा बैंकले १३ लाख ५४ हजार ७१२ कित्ता ऋणपत्र सूचीकृत गराएको हो।

यससँगै आशा लघुवित्त (ALBSL) को आईपिओ भरेका लगानीकर्ताले उक्त शेयर सोमबारदेखि कारोबार गर्न सक्नेछन् भने सानिमा बैंकको ऋणपत्र पनि बिक्री गर्न सकिनेछ। तर ऋणपत्रको कारोबार शेयर जसरी सहज रुपमा नियमित कारोबार हुने गरेको छैन। 

आशा लघुवित्तले ६ लाख ७४ हजार कित्ता शेयर आईपिओ सहित कूल २० लाख ७४ हजार कित्ता शेयर सूचीकृत गरेको हो । लघुवित्तले माघ १८ देखि २२ गतेसम्म ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

यसमध्ये १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयर माघ २५ गते सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो । सोही शेयर आइतबार सूचीकृत भएको हो।

लघुवित्तको खुद मुनाफा चालु आर्थिक वर्षमा २ करोड ७५ लाख ६० हजार रुपैयाँ आर्जन हुने र वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ २९ पैसा तथा प्रतिसेयर नेटवर्थ चालु आवमा १०५ रुपैयाँ २३ पैसा पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।

यसअनुसार नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज दिने भएकाले अधिकतम ३१५ रुपैयाँ हाराहारीसम्म कम्पनीले अधिकतम कारोबार रेञ्ज पाउने देखिन्छ ।

सानिमा बैंक (SANIMA) ले गत कातिक ३० गतेदेखि पुस १६ गतेसम्म एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरि पुस २४ गते बाँडफाँड गरेको थियो। जसमध्ये ४ लाख सर्वसाधारणमा निष्काशन गरि सामूहिक लगानी कोषलाई २० हजार कित्ता छुट्टाएर ३ लाख ८० हजार कित्ता ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाइ र १६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो ।

बैंकले कूल २० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा ६ लाख ४५ हजार २८८ कित्ता अर्थात ३२.२६ प्रतिशत अवितरित भएको हो।

कूल ऋणपत्रमध्ये ६७.७४ प्रतिशत अर्थात १३ लाख ५४ हजार ७१२ कित्ता शेयर मात्र बिक्री भएको थियो । साेहि ऋणपत्र आइतबार सूचीकृत भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।