लघुवित्तले सर्वसाधारणका लागि दुई करोड ५२ लाख रुपैयाँ बराबरको २ लाख ५२ हजार कित्ता शेयर निष्काशन गरेकोमा २१ लाख कित्ता शेयर माग गरिएको छ। आइतबार मात्रै ७५ हजार आवेदकले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर माग गरेका छन् ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो । जसमध्ये ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाइएको छ । बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।
आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ ।
लघुवित्तको आईपिओ पहिलो दिन नै माग भन्दा बढी आवेदन परेकोले फागुन २९ गते बन्द हुनेछ ।
आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।