इथियोपिया विमान दुर्घटनामा : गोरखाकी एकता अधिकारीक सहित सबै १५७ जना मारिए

Mar 11, 2019 Agency

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परि आइतबार नेपालकाे गोरखा जिल्लाकी चेली एकता अधिकारी, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । 

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

को हुन् एकता अधिकारी ?

आइतबार दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने एकता अधिकारी गोरखा जिवासी हुन् । उनि इथोपियाको अदिसअबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) कार्यालयमा सप्लाई चेन अफिसरको रुपमा कार्यरत रहेकी थिइन् ।

सुरुमा डब्ल्यूएफपी एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा कार्यरत रहेकोमा गत डिसेम्बरदेखि उनि सप्लाई चेन अफिसरको भएकी थिइन्।

डब्लूएफपीकै बैठकमा सहभागी हुन जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा डब्ल्यूएफपीका अन्य कर्मचारीहरु पनि परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।