नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने, शेयर स्वाप कति ?

Mar 11, 2019 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ। बैंक तथा फाइनान्सका बीचमा एक्वायर गर्ने सम्बन्धमा आइतबार साँझ सम्झौता भएको हो। सम्झौता भएसँगै जेविल्स फाइनान्सको शेयर कारोबार राेक्का भएको छ।

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंक र जेविल्स फाइनान्सले यस्तो सम्झौता गरेका हुन्। सम्झौतामा शेयर स्वापको विषयमा कुनै सम्झौता भएको छैन।

'डिडिएबाट आउने नतिजाका आधारमा शेयर स्वाप अनुपात निर्धारण गरी अघि बढ्ने सम्झौता भएको छ ।' नेपाल इन्भेष्टमेण्ट बैंकका एक उच्च अधिकृतले मेरोलगानीसँगको कुराकानीमा भने।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ तथा जेविल्स फाइनान्सकाे ८३ करोड ८० लाख रुपैयाँ रहेकाे छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।