कृषि विकास बैंकले लाभांश बाँड्न शेयरधनीलाई गर्यो यस्तो आग्रह

Mar 11, 2019 Merolagani

कृषि विकास बैंक (ADBL) ले कागजी शेयर प्रमाणपत्र भएका आफ्ना शेयरधनीलाई शेयर  अभौतिकिकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ। बैंकले सोमबार सूचना जारी गरेर सो बताएको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश साधारण सभाबाट पारित भएपछि सिधै शेयरधनीको खातामा वितरण गर्ने भएकाले शेयर डिम्याट र बैंक खाता अद्यावधिक गराउन सूचित गरेको हो । 

सूचना मार्फत कृषि विकास बैंकले हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौाितकीकरण गराउन आग्रह गरेको हो। सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने बैंकले स्पष्ट पारेको छ । बाेनस शेयर भने नेप्सेमा सस्चीकरण पश्चात मात्र डिम्याट खातामा वितरण हुनेछ।

बैंकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ।

साे लाभांश अनुमोदन गर्न बैंकले चैत्र १५ गते बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कृषि विकास बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १६ देखि चैत १५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ। यसअनुसार  फागुन १५ गते गर्ने बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभाबाट पारित हुने गत आर्थिक वर्षको लाभांश पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।