माउन्टेन हाईड्रोको आईपिओ भर्ने अन्तिम दिन आज, कति पर्यो आवेदन ?

Mar 12, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNLले निष्काशन गरेको आईपिओमा आवेदन गर्ने फागुन २८ गते मंगलबार अन्तिम दिन रहेको छ। २३ गतेदेखि आईपिओ खुला गरिएकोमा सोमबारसम्म सम्पूर्ण शेयर बिक्री भएपछि मंगलबार बेलुकादेखि शेयर निष्काशन बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बेलुकासम्ममा ३४ हजार ३७८ आवेदनबाट २३ करोड ६८ लाख ८ हजार रुपैयाँ बराबरको २३ लाख ६८ हजार ८० कित्ता शेयरको लागि माग परेको हो । यो सर्वसाधारणमा निष्काशन भएको शेयरको १.३६ गुणा बढी हो ।

माउन्टेन हाईड्रोले फागुन २३ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणको आवेदन मागिएको हो ।

निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिनसक्ने

माउन्टेन हाईड्रो नेपालको आइपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि ८० हजार कित्ता अर्थात ८० लाख रुपैयाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

माउन्टेन हाईड्रोको आईपिओले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग इक्रा एनपि आईपिओ ४ पाएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।

आईपिओको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल नक्साल रहेको छ । लगानीकर्ताले सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा २ रुपैयाँ २८ पैसा र ०७७/७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिकप्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ ।

आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।