शेयर बजार घटिरहेको बेला लगानीकर्तामा प्रथामिक बजार जस्तै अक्सन मार्केटबाट सस्तो मूल्यमा नै शेयर सकार्ने अवसर अहिले लगानीकर्तामा रहेको छ । सोमबार नाडेपको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६८४ रुपैयाँमा कारोबार भएको छ ।
बोलपत्र पेश गर्दा कम्पनीको बजारमूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ताकि कटअफ मूल्य नजिकको मूल्यमा शेयर सकार्ने अवसर प्राप्त होस् । यस आधारमा लिलामीमा कबोल गरिने मूल्य र शेयर सकार्दा हुने फाइदाको विश्लेषण गरेर मात्र शेयरमा बोलपत्र पेश गर्नु उपयुक्त हुन्छ ।
बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत्तम सबै लिलामी शेयरमा आवेदन गर्न सकिनेछ।
इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्साल काठमाडौं, नाडेप लघुवित्तको इलाका कार्यालयहरु विराटनगर, पोखरा र बुटवलमा आवेदन पेश गर्न सकिन्छ। यस्तै नबिल बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगञ्ज, विरेन्द्रनगर सुर्खेत, नेपालगञ्ज र मेनरोड धनगढीबाट फागुन १८ गते सम्ममा बोलपत्र पेश गर्न सकिनेछ।
लघुवित्तले गत मंसिर २३ देखि पुष २९ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ६१ हजार २३६ कित्ता अवितरित भएपछि लिलामीमा ल्याएको हो। हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुगेको छ।
नाडेपले गत वर्षको कमाईबाट ३० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। बोनस वितरणपछि ३६ करोड ८० लाख रुर्पैयाँ चुक्ता पुँजी पुग्नेछ ।