रिलायन्स फाइनान्सद्धारा लाभांश घोषणा

Mar 12, 2019 Merolagani

रिलायन्स फाइनान्स (RLFL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। फाइनान्स सञ्चालक समितिको फागुन २६ गते सम्पन्न २२२ औं बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई दुई करोड ८ लाख १० हजार ४०२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।यस्तै फाइनान्सले कर प्रयोजनका लागि ०.१३ प्रतिशतले हुन आउने १० लाख ९५ हजार २८४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृती तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

यसअघि फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा भने १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।