भारतको लोकसभा चुनाव विश्वको सबैभन्दा खर्चिलो हुने

Mar 12, 2019 Merolagani

 भारतमा लोकसभा चुनावको लहर छाएको छ । सन् २०१९ मा हुन लागेको भारतको तल्लो सदन लोकसभा चुनाव हालसम्मकै सबैभन्दा महँगो चुनाव हुने भएको छ । अमेरिका लगायत लोकतन्त्रमा हुने चुनावभन्दा इतिहासमै यो वर्ष हुने भारतको लोकसभा चुनाव महंगो हुने अनुमान लगाइएको छ ।

७ चरणमा हुन लागेको चुनाव ५ सय ४३ स्थानमा ११ अप्रिलदेखि १९ मे सम्म सम्पन्न हुनेछ ।

पहिलो चरण अप्रिल ११ मा हुने निर्वाचनबाट २० राज्यका ९१ जनप्रतिनिधिको चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा अप्रिल १८ मा १३ राज्यका ९७ सिटका लागि मतदान गरिनेछ । सबै चुनावी नतिजाको घोषणा २३ मे मा हुनेछ ।

खर्चको मामलामा यो चुनाव सबैभन्दा महंगो हुन गइरहेको छ । यसको बजेट अमेरिकी राष्ट्रपतिको चुनावभन्दा पनि महंगो हुन गइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति र अमेरिकी कांग्रेसको संयुक्त चुनाव खर्च सन् २०१६ मा ६ अर्ब ५० करोड अमेरिकी डलर बराबर थियो । सन् २०१४ मा सम्पन्न भएको लोकसभा चुनावमा ५ अर्ब अमेरिकी डलर खर्च भएकोमा सन् २०१९ मा उक्त आँकडा सहजै पार हुने र यो नै विश्वकै सर्वाधिक महँगो चुनाव हुने बताइएको छ ।

साउथ एसिया प्रोग्राम एट कार्निज इन्डोमेन्ट फर इन्टरनेसनल पीस थिंक ट्यांकका वरिष्ठ अध्येता मिलन वैष्णवले भारतको चुनावको नतिजा स्पष्ट नदेखिएको बताए । उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी र राहुल गान्धिको नेतृत्वको प्रतिपक्षी दल कांग्रेसबीच साँघुरो अन्तर रहने देखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।