स्पर्श लघुवित्तको आईपिओ भर्न छुट्ला, आज अन्तिम दिन

Mar 13, 2019 Merolagani

स्पर्श लघुवित्त (SPARSHA) को आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । ईच्चुक लगानीकर्ताले बैंकिग कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । कम्पनीले निष्काशन गरेको आईपिओमा तेस्रो दिन फागुन २८ गते मंगलबार सम्ममा २३.०२ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आईपिओमा अत्याधिक माग पर्दा तेस्रो दिनसम्ममा १२ प्रतिशत आवेदकले मात्र पाउने सम्भावना देखिएको छ। लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । यसअनुसार आईपिओ पाउने आवेदक अझ घट्नेछ।

 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार ५ बजे सम्ममा ५८ करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता शेयरको लागि माग भएको छ। लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो।

मंगलबारसम्म लघुवित्तको आईपिओमा आवेदन गर्ने आवेदकको संख्या दुई लाख ५ हजार पुगेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ। लघुवित्तको आईपिओ भर्न इच्छुक लगानीकर्ताले फागुन २९ गते बुधबारसम्ममा आवेदन गर्न सक्नेछन्।

स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएको छ।
आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था कम्पनीले रहेको छ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।