कम्पनीले माघ १ गते हकप्रद निष्काशनका लागि शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्।
शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट हकप्रदमा आवेदन दिन सकिन्छ।
मिथिला लघुवित्त माघ १७ गते देखि चुक्ता पूँजीको ५० प्रतिशत (२ः१ अनुपातमा) ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो। लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ ।
हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ ।
संस्थाले तीनवटा मुख्य एजेन्डा सहित चैत २३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले साधारण सभामा लाभांश अनुमोदन, शेयर संरचना परिवर्तन तथा मर्जररप्राप्तीको मुख्य एजेण्डा सहितको विशेष प्रस्ताव गरेको छ।