नागरिक लगानीकोषले प्रस्ताव गर्यो लाभांश,कति दिदैछ बोनश ?

Mar 13, 2019 Merolagani

नागरिक लगानीकोष (CIT) ले आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कोषको फागुन २८ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत अर्थात १ करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ । 

गत वर्ष कोषले २२.०६ प्रतिशत बोनस र कर प्रयोजको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परीक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।

कोषको प्रस्तावित बोनस बितरण पश्चात चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैंया पुग्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।