टोयोटाले चन्द्रमामा चल्ने सेल्फ–ड्राइभिङ कार बनाउदै , सन् २०२९ मा चन्द्रमामा लैजाने

Mar 13, 2019 Merolagani

जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयोटाले चन्द्रमामा चल्ने कार बनाउने भएको छ । उक्त कारलाई जक्सा लूनर रोभर नाम दिइएको छ । ६ पाङ्ग्रावाला उक्त सेल्फ ड्राइभिङ कारमा दुईजना मानिसहरु बसेर १० हजार किलोमिटरसम्मको यात्रा गर्न सक्नेछन् ।

टोयोटाले उक्त कार जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सीका लागि तयार गरिरहेको छ ।

एजेन्सीले यसलाई सन् २०२९ मा चन्द्रमामा लैजाने योजना बनाएको छ । रोरलाई अन्तरिक्ष यात्रीभन्दा पहिले चन्द्रमामा पठाइने र त्यसपछि यात्री जहाँ झर्नेछन्, त्यही त्यो कार आफैँ उनीहरु समक्ष पुग्ने बताइएको छ ।

टोयोटाको उक्त जक्सा लूनर रोभर ६ मिटर लामो हुनेछ । यसको भित्र १३ वर्ग मिटर ठाउँ हुनेछ । अन्तरिक्ष यात्रीहरुले आफ्नो अन्तरिक्ष सूट खोलेर त्यसमा बस्न सक्नेछन् । ब्याट्रीबाट चल्ने उक्त कार सौर्य उर्जाबाट चार्ज हुनेछ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।