रिलायन्स फाइनान्सको धितोपत्र सूचीकरण स्थगन फुकुवा

Mar 13, 2019 Merolagani

रिलायन्स फाइनान्सको धितोपत्र सूचीकरण स्थगन नेप्सेले फुकुवा गरेको छ । मंगलबार नेप्सेले धितोपत्रहरुको बजार मूल्य लाई प्रभाव पर्ने सुचनाहरु तत्काल निर्णय हुन साथ उपलब्ध नगराएको भन्दै २४ घण्टे स्पष्टीकरण सहित कारोबार रोक्का गरेको थियो ।

फाइनान्सले बुझाएको स्पष्टीकरण संतोषजनक नदेखिएपनि धितोपत्र सम्बन्धी ऐनको पुर्ण पालना गर्न र आम लगानीकर्ताले सुचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त दुरुस्त कायम राख्न निर्देशन दिदै बुधबार कारोबार फुकुवा गरेको हो ।

नेप्सेले फाइनान्सलाई अब देखि यस्ता गल्ति नदोहोर्याउन समेत सचेत गराएको छ ।

फाइनान्सको फागुन २६ गते आइतबार बसेको सञ्चालक समिति बैठकले २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । लाभाशको निर्णय कम्पनीले मंगलबार मात्रै नेप्सेलाई जानकारी गराएपछि धितोपत्र सम्बन्धी ऐन उलंघन गरेको भन्दै कारोबार रोक्का गरेको थियो ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।