नेप्सेले लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ६२८ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य १२३१ रुपैयाँ ५ पैसा कायम भएको छ ।
कम्पनीले फागुन २५ गते हुने वार्षिक साधारण सभाको लागि शेयरधनी पुस्तिका पनि बन्द गरेको छ । जस अनुसार लघुवित्तले वितरण गर्ने लागेको लाभांश फागुन २८ गते मंगलबार सम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्ने छन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड ३२ लाख रुपैयाँ छ । बोनस शेयर पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।