एभरेष्ट इन्स्योरेन्सको मिशन - अर्ब पूँजी : तीन सय प्रतिशत हकप्रद ल्याउने

Mar 13, 2019 Merolagani

बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी १ अर्ब पुर्याउन एभरेष्ट इन्स्योरेन्सले फेरी हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद निष्काशन गर्नको लागि फागुन १५ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस अघि नै एकै पटक ६ सय प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब पुर्याउने योजना अघि सारेको कम्पनीलाई नियामक निकायले संस्थापक र सर्वसाधारणको शेयर हिस्सा ५१ अनुपात ४९ कायम गर्न लगाएको थियो ।

सर्वसाधारणको मात्र शेयर रहेकाले ५१ प्रतिशत संस्थापक जन्माउनका लागि कम्पनीले गत मंसिरमा १०५ प्रतिशत संस्थापक हकप्रद शेयर बिक्री गरेको थियो । सोही बेला उद्घोष गरे अनुरुप कम्पनीले ३ सय प्रतिशत अर्थात ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको २३ औं बार्षिक साधारण सभाले संस्थापक हकप्रदपछि ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय पारित गरेको थियो ।

गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण तथा संस्थापक हकप्रद बेचे पछि अहिले कम्पनीको चुक्ता पूँजी चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । ३ सय प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।