स्पर्श लघुवित्तको आईपिओ निष्काशन बन्द, कति पर्यो आवेदन ?

Mar 13, 2019 Merolagani

स्पर्श लघुवित्तको आईपिओमा सिआस्वाबाट मात्र ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार लघुवित्तको आईपिओमा सर्वसाधारणले ३३.०४ गुणा बढी आवेदन गरेका हुन् ।

कागजी प्रणालीबाट परेका आवेदनको तथ्याङ्क संकलन भईनसकेका कारण यो तथ्याङ्कमा अझै परिमार्जन हुन सक्ने सानिमा क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार बुधबार साँझसम्ममा ३ लाख ३ हजार ४४ जना आवेदकबाट ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको हो । औसतमा हेर्दा एक आवेदकले लघुवित्तको २७.४७ कित्ता शेयर माग गरेको देखिन्छ ।

उल्लेखित तथ्याङ्कका आधारमा हेर्दा पनि ८ प्रतिशत आवेदकले मात्र लघुवित्तको शेयर पाउने छन् भने ९२ प्रतिशतको हात खाली हुने देखिन्छ । आस्वाबाट परेको आवेदन समेत समायोजन भए पछि लघुवित्तको शेयर पाउनेको हिस्सा अझै घटेर नपाउनेको हिस्सा अझै बढ्ने देखिन्छ ।

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता (०.५ प्रतिशत)  लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।