आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले फागुन २९ गते बुधबार धितोपत्र बोर्ड पुगेको हो । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
यस अघि नै धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेको छ । त्यस अनुसार अब सरकारको लगानीमा बन्ने जलविद्युत परियोजनाहरुमा सर्वसाधारणहरुबाट अग्रिम पूँजी संकलन गर्न सकिनेछ ।
शेयर खरिद गर्न चाहने शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ ।