शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सरकारको योजना भए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबार गर्नेलाई प्यान अनिवार्य गरिएको हो ।
५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ ।
'सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार २०७६ बैशाख १ गतेबाट दोश्रो बजारमार्फत् शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो । लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्श एवं नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी बि.सं. २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु. ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।' बोर्डले भनेको छ ।
५ लाखभन्दा भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।