लघुवित्तको फागुन २५ गते काभ्रेको भकुण्डेवेशीमा सम्पन्न साधारण सभाले संचालक समितिको अध्यक्षमा जीवन भट्टराई र सदस्यहरुमा प्रकृतिराज तिमिल्सिना, महेश बहादुर बस्नेत, नचोङ गुरुङलाई निर्विरोध चयन गरेको हो ।
साधारण सभाले आगामी ४ बर्षका लागि सञ्चालक समिति चयन गरेको हो ।
नवनिर्वर्चित भट्टराई सेञ्चुरी कमर्सियल बैंकका प्रतिनिधि हुन् । फाल्गुण ३० गते लघुवित्तकाअध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहण गरेका छन् ।
लघुवित्तको अधिकृत पूँजी २० करोड, जारी पूँजी ११ करोड र चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ छ । लघुवित्तले आगामी आर्थिक वर्षमा ३ करोड ३० लाख रुपैंयाको साधारण निष्काशन गरेर चुक्ता पूँजी ११ करोड रुपैंया पुर्याउनेछ ।
अहिले लघुवित्तमा सेञ्चुरी कमर्सियल बैंकको ३५.७१ प्रतिशत, कैलाश विकास बैंकको १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयर स्वमित्व रहेको छ । साधारण शेयर निष्काशन पश्चात यो हिस्सा घट्नेछ ।
हाल लघुवित्तको १३ वटा शाखा कार्यालयहरु संचालनमा छन् ।