नासाले पहिलो मंगल यात्रीका रुपमा महिला पठाउँदै

Mar 14, 2019 Merolagani

नासाले मंगल ग्रहमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यात्री महिला हुने बताएको छ । नासाका प्रमुख जिम ब्राइडेनस्टाइनले विज्ञान र प्रविधिमा आधारित रेडियो टक शो ‘साइन्स फ्राइडे’ मा मंगल ग्रहको पहिलो यात्री महिला हुने बताएका हुन् । उनले चन्द्रमामा पनि महिलालाई नै पठाउने तयारी भइरहेको बताए ।

उनका अनुसार, एजेन्सीले महिनाको अन्त्यमा पहिलो पटक एउटा स्पेस वाक गराउन गइरहेको र त्यसमा महिलालाई नै शामिल गराइनेछ । जसमा एने मेक्कलेन र क्रिस्टिना कोच जस्ता अन्तरिक्षयात्रीहरुलाई भ्रमण गराइने बताइएको छ ।

उक्त स्पेस वाक सात घन्टासम्म चल्नेछ । यसको सबैभन्दा खास काम भनेको यो विश्व महिला दिवसको महिनामा नै हुन गइरहेको छ ।

म्याक्लेन र कोच दुवै २०१३ को अन्तरिक्ष यात्री क्लासका अंश हुन् । उक्त सत्रमा महिलाको संख्या आधाभन्दा बढी थियो । उक्त क्लासमा शामिल हुनका लागि ६१ सय भन्दा बढी मानिसहरुले आवेदन दिएका थिए । नासाको कुनै पनि सत्रका लागि आवेदन गर्नेमा यो दोस्रो सबैभन्दा ठूलो संख्या हो ।

हाल नासाको अन्तरिक्ष यात्रीमा महिलाको हिस्सा ३४ प्रतिशत रहेको छ । नासाले १९७८ देखि लामो अवधि पार गरिसकेको छ । उक्त समयमा ६ महिला नासामा आबद्ध भएका थिए ।

ब्राइडेस्टाइनले भने, हामीसँग अद्भूत प्रतिभा रहेको छ र हामी चन्द्रमामा पनि पहिलो महिला पठाउने योजनामा रहेका छौँ । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।